अर्थसमिति सभापतिलाई सदस्यको ठाडाे प्रश्न- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन घुस खाएको हो ? – Nepal Press

अर्थसमिति सभापतिलाई सदस्यको ठाडाे प्रश्न- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन घुस खाएको हो ?

काठमाडौं । अर्थसमितिका सभापति सन्तोष चालिसेलाई सदस्यहरुले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिँदा घुस खाएको आरोप लगाउँदै प्रश्न गरेका छन् ।

बुधबार भएको अर्थ समितिको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीसँग दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट प्राप्त हुने रोयल्टी र राजश्वको तथ्याङ्क र स्थिति एजेण्डाबारे भएको छलफलमा सदस्यहरुले सभापति चालिसेलाई यस्तो प्रश्न गरेका हुन् ।

छलफलमा सदस्य छिरिङ डम्डुल लामा कार्चेनले अर्थसमितिका सभापति चालिसेलाई स्टक एक्सचेन्जको लाइसेन्स दिँदा कति पैसा खाएको हो भनेर प्रश्न गरेका हुन् ।

‘सभापति ज्यु तपाईले स्टक एक्सचेन्सको लाइसेन्स दिँदा कति पैसा खाएको हो भन्नुस् । अहिले अर्थसमितिका सबैले स्टकको नयाँ लाइसेन्स दिँदा पैसा खाए भन्ने आरोप छ’, लामाले भने, ‘मैले पनि पैसा लिएको हो भने कति पैसा, को सँग र कुन ठाउँमा बसेर लिएको हो त्यो भन्नु भर्यो । सत्ता पक्षकै संसद भएपनि म जसले जनताको मुद्धा बोकेर हिड्छ उसैको आन्दोलमा जान्छु । मेरो जिल्लाको १० वटा जति विषयमा छलफल गरौं भन्दा त्यो सभापतिले गुपचुप राखे ।’

तर, अर्थसमितिको सभापति चालिसेले सदस्यको प्रश्नको उत्तर दिएनन् ।

 


प्रतिक्रिया

One thought on “अर्थसमिति सभापतिलाई सदस्यको ठाडाे प्रश्न- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन घुस खाएको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर