आइएमई लाइफले साढे ३४ प्रतिशत लाभांश दिने – Nepal Press

आइएमई लाइफले साढे ३४ प्रतिशत लाभांश दिने

काठमाडौं । आईएमई लाइफल इन्स्योरेन्सले कम्पनीले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७९÷८० को बोनस सेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।

कम्पनीको हिजो सबेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । भने, ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) प्रस्ताव गरको हो ।

कम्पनीले घोषणा गरेको लाभांश बीमा प्राधिकरणबाट स्वीकृत हुने पर्ने छ । भने, आगामी साधारण सभाले पनि पास गर्नु पर्ने छ ।

कम्पनीको अहिले चुक्ता पूँजी ४ अर्ब रहेको छ । लाभांश पास भएपछि चुक्ता पूँजी ५ अर्ब पुग्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर