लघुवित्तमा लगानीकर्ताको क्रेज, बजार घट्दा पनि झुम्मिए लगानीकर्ता – Nepal Press

लघुवित्तमा लगानीकर्ताको क्रेज, बजार घट्दा पनि झुम्मिए लगानीकर्ता

काठमाडौं । आजको शेयर बजारमा लगानीकर्ताको क्रेज लघुवित्ततर्फ देखिएको छ । बजारले २ हजारको मनोवैज्ञानिक बिन्दु गुमाउँदा पनि लगानीकर्ता लघुवित्ततर्फ झुम्मिएका छन् । यसअघि फाइनान्स समूह बढेको थियो । यसबाट ट्रेडरहरुले नाफा बुक गरे । त्यसपछि विकास बैंक समूहमा उत्साह देखियो ।

यसमा पनि नाफा बुक गर्दै अहिले लगानीकर्ता माइक्रोफाइनान्स समूहमा आकर्षित भएको देखिन्छ । ७.३१ अंकले घटेर १९९८ विन्दुमा झरेको बजारमा तीन वटा लघुवित्त कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर शेयर मूल्य क्रमशः ८०३ रुपैयाँ, १ हजार १८६.९० रुपैयाँ र ८०३ रुपैयाँ रहेको छ ।

विजय लघुवित्त वित्तीय संस्था ९ प्रतिशत माथिले बढेको छ । आरएसडिसि लघुवित्त वित्तीय संस्था, जनउत्थान लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ८ प्रतिशतभन्दा माथिले बढेको छ । समग्रमा लघुवित्त समुह १३९.१३ अंकले बढेको छ ।

बिहीबार नेप्से सूचक भने ७.३१ विन्दुले घटेर १९९८.९६ अंकमा आएको छ । ४ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर