शेयर बजारमा उच्च अंकको वृद्धि, २ महिनापछि २ अर्ब बढीको कारोबार – Nepal Press

शेयर बजारमा उच्च अंकको वृद्धि, २ महिनापछि २ अर्ब बढीको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ भने दुई महिनापछि २ अर्ब बढीको कारोबार भएको छ ।

आइतबार नेप्से परिसूचक ४७.७५ अंकले बढेर १९०७.९५ बिन्दुमा कायम भएको छ । यस दिन बजारमा ६५ लाख ३० हजार ६४३ कित्ता शेयरको खरिद बिक्री हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँको कारोबार भएको छ ।

यसअघि गत कात्तिक २ गते अन्तिम पटक परिसूचक १९०३.८४ बिन्दुमा पुगेको थियो । त्यसयता एक महिनापछि सम्म पनि नेप्से परिसूचक १८०० को बिन्दुको घेरामै कायम थियो भने आज एक महिना आठ दिनपछि परिसूचक १९०० बिन्दुमा गएको हो । त्यस्तै, कारोबार रकम पनि गत असोज ९ गते मात्रै २ अर्ब बढीको भएको थियो । जहाँ दुई महिनापछि कारोबाररकम २ अर्ब बढीको भएको हो ।

आज छ्याङ्दी हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र विजय लघुवित्त बित्तीय संस्था लिमिटेडले सकारात्मक सकिर्टका सार्थ सर्वाधिक नाफा कमाएका छन् । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र एनएमबी शुलभ इन्भेष्टमेन्ट फण्ड२ का लगानीकर्ताले सर्वधिक गुमकाएका छन् ।

त्यसैगरी, कारोबारका आधारमा सोनपुर मिनरल्स एण्ड आयल ११ करोड ६६ लाख ६७ हजार रुपैयाँका सार्थ शिर्ष स्थानमा रहेको छ । उपसूहतर्फका १३ वटै सुचकहरुको शेयर मूल्य बढेको छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर