जनप्रदर्शनको कार्यक्रम भव्य र सभ्य ढंगले गर्न युवा संघलाई एमालेको निर्देशन – Nepal Press

जनप्रदर्शनको कार्यक्रम भव्य र सभ्य ढंगले गर्न युवा संघलाई एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले पार्टीको भातृ संगठन युवा संघले भोलि गर्न लागेको कार्यक्रमलाई सभ्य ढंगले सम्पन्न गर्न निर्देशन दिएको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, भोलि पार्टीको भातृ संगठनहरुले जनप्रदर्शनको विरोध कार्यक्रम गर्दैछन् । त्यो कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्नको लागि केन्द्रीय कमिटीले निर्देशन दिएको छ । त्यसको वर्नसिप पार्टीले लिएको छ ।

उनले युवा संघले व्यवसायी दुर्गा प्रसाईंसँग कार्यक्रम नजुधाएको बताए। तीनकुनेमा स्थानीय प्रशासनले तोकेको ठाउँमा कार्यक्रम हुने उनले बताए ।

राति महिलाहरूलाई ओछ्यानबाट लघार्ने घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको बताए । उनले युवा संघलाई पनि ध्यानाकर्षण गराएको जनाउँदै छानबिनको गर्दा दोषी देखिए कारबाही गर्ने स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर