नेपाली विद्यार्थीलाई आत्मविश्वाससम्बन्धी टिप्स दिन क्यानेडियन विश्वविद्यालयको टोली काठमाडौंमा – Nepal Press

नेपाली विद्यार्थीलाई आत्मविश्वाससम्बन्धी टिप्स दिन क्यानेडियन विश्वविद्यालयको टोली काठमाडौंमा

काठमाडौं । क्यानडा जाने नेपाली विद्यार्थीलाई आत्मविश्वाससम्बन्धी सीपलगायतका विषयमा क्वान्टलेन पोलिटेक्निक यूनीभर्सिटी (केपीयू) को टोलीले अभिमुखीकरण दिएको छ । नयाँ बानेश्वरस्थित गोरेटो कन्सलटेन्सीको निमन्त्रणमा आएका केपीयूका निर्देशक आन् यूयान र म्यानेजर उत्कर्ष भारद्वाजले क्यानडाको भ्यान्कुभर र अन्य शाखा क्याम्पसमा अध्ययन सुरु गरेपछि सहज बसाई र काम खोज्नेलगायतका विषयमा जानकारी गराएका छन् ।

बिहीबार गोरेटोमा सम्पन्न अन्तक्रियामा केपीयूका निर्देशक आन् यूयानले क्यानडामा सुरक्षित र फलदायी बसोबासका विषयमा जानकारी दिइन् । निर्देशक यूयानले क्यनडामा हिँडडुल गर्दा, कामबाट फर्किदा पनि नि:शुल्क रुपमा बससेवा लिने सकिने विषयमा जानकारी दिइन् । उनले केपीयूले फिल्ड भिजिटलाई पनि प्राथमिकता दिएको भन्दै विद्यार्थीको व्यवहारिक जीवनमा जोड दिने संस्था भएको बताएकी छन् ।

म्यानेजर भारद्वाजले धेरै विद्यार्थीको आकर्षण बढेको क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले कलेजका शैक्षिक सुविधा लिन सक्ने उपाय, मित्रताका टीप्प सुझाएका थिए ।

अन्तरक्रियामा गोरेटेका सीईओ धिरज कँडेलले क्यानडा पुगेपछि विद्यार्थीले ध्यान दिनुपर्ने महत्वपूर्ण विषयलाई बुँदागतरूपमा प्रस्तुत गरेका थिए । सिनियर परामर्शकर्ता तथा को-अर्डीनेटर प्रकाश रेग्मीले बिद्यार्थीले पहिलो चरणमा अध्ययनमा मात्रै केन्द्रित हुन सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *