राष्ट्रपतिका छोराले भूकम्प पीडितलाई गरे एक लाख सहयोग – Nepal Press

राष्ट्रपतिका छोराले भूकम्प पीडितलाई गरे एक लाख सहयोग

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका सुपुत्र चिन्तन पौडेलले भूकम्प पीडितहरुका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् ।

उनले आज नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई भेटेर एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उनले तरुण दलले राहत संकलन गरेकोमा प्रशंसा गर्दै आफूले स्वेच्छिक सहयोग प्रदान गरेका तरुण दलका अध्यक्ष गुरुङले जानकारी दिए ।

पौडेलले गरेको सहायताप्रति तरुण दलले धन्यवाद दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर