सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत – Nepal Press

सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत

काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० स्वीकृत गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालसम्बन्धी प्रस्ताव विधेयक समितिबाट क्याबिनेटमा प्रस्तुत भएर स्वीकृत भएको सञ्चारमन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले भने, ‘सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० भन्ने प्रस्ताव सञ्चार मन्त्रालयबाट आएको थियो । यो विधेयक समितिबाट आज क्याबिनेटमा प्रस्तुत भएर आज स्वीकृत भएको छ । सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय भएको छ ।’

यस्तै सरकारले पोर्चुगलका लागि सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गरी नेपाललाई राजदूत नियुक्तिका लागि सिफारिस गरेकाे सरकारकी प्रवक्ता शर्माले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *