भूकम्पपछि उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण रद्द – Nepal Press

भूकम्पपछि उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण रद्द

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमण स्थगित गरेका छन् ।

कार्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म तय भएको भ्रमण स्थगित गरेको रक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश पौडेलले एक विज्ञप्ति जारी बताएका हुन् ।

१८ औँ दुबई एयरशो, २०२३ मा भाग लिन यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा उपप्रधानमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाने कार्यक्रम तय भएको थियो ।

उनको भ्रमण कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पनि स्वीकृत गरिसकेको अवस्थामा कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाई गएको विनाशकारी भूकम्पपछि स्थगित गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ- जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको र तत्पश्चात् भूकम्प पीडितहरूको राहत, उद्धार र पुनः स्थापना लगायतका कार्यमा माननीय उपप्रधानमन्त्री स्वयम् विपद् प्रभावित क्षेत्रमा निरन्तर क्रियाशील रहनु भएकोले यस विषम परिस्थितिमा वैदेशिक भ्रमणमा जान उपयुक्त नहुने निष्कर्ष सहित माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यूको नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण कार्यक्रम रद्द भएको ब्यहोरा जानकारी गराइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर