सही ढंगले संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा छायो : गणेश तिमिल्सिना (भिडिओ) – Nepal Press

सही ढंगले संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा छायो : गणेश तिमिल्सिना (भिडिओ)

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयन गर्ने विषयमा ध्यान दिन सके जनताका निराशा कम हुँदै जाने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गरेको कार्यक्रममा तिमिल्सिनाले संविधानले प्रत्याभूत गरेको हक अधिकारको कार्यान्वयन सही ढंगले हुन नसक्दा जनतामा दलहरूप्रति निराशा छाएको बताए ।

सरकारले संविधानअनुसारका कानून बनाउन बढी ध्यान दिनुपर्नेमा उनको जोड छ ।

‘बनाउनुपर्ने कानूनको सरकारी विधेयक आउन सकेको छैन । गैरसरकारी विधेयक आउने वातावरण नै छैन । संविधानलाई कार्यान्वयनमा ल्याउँदै नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी छ’, उनले भने ।

कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले नागरिकको अधिकारको संरक्षणका लागि कानून निर्माण गर्दै प्रभावकारी कार्यान्वन हुन जरुरी रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर