सम्राट अशोकसँग तुलना गर्दै प्रचण्डले भने- नेपालको मात्र नभएर विश्वकै लिडरशीपको भूमिका खेल्न पाउँदा गर्व छ (भिडिओ) – Nepal Press

सम्राट अशोकसँग तुलना गर्दै प्रचण्डले भने- नेपालको मात्र नभएर विश्वकै लिडरशीपको भूमिका खेल्न पाउँदा गर्व छ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सम्राट अशोकसँग तुलना गर्दै यस पटक आफूले नेपालको प्रधानमन्त्रीको रुपमा मात्र नभएर विश्वकै नेताको हैसियतमा भूमिका निर्वाह गरेको बताएका छन् ।

पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघदेखि अमेरिका, भारत, चीन र इटालीको भ्रमणपछि आफूले विश्व आन्दोलनको ‘लिडरशीप’को रुपमा भूमिका खेल्न पाएकोमा गर्व गर्नेसमेत बताए ।

जसरी सम्राट अशोकले युद्धबाट शान्तिको नेतृत्व गरे, त्यसैगरी आफूले पनि युद्धबाट शान्ति, शान्तिबाट संविधान र संविधानबाट विकास, सामाजिक न्याय र सम्बृद्धिको नेतृत्व गरिरहेको प्रचण्डले बताए ।

प्रचण्डले आफूलाई विश्वकै नेताको रुपमा यसरी व्याख्या गरे,

लुम्बिनीमा अशोक स्तम्भ अगाडि संयुक्त राष्ट्रसंघका महासचिव र मैले सम्बोधन गर्‍यौं । मलाई के खुशी लाग्यो भने अशोक पनि एकचोटी युद्धको नेतृत्वकर्ता, साम्राज्य नै कायम गर्ने ढंगले हिँडेको व्यक्ति । पछि शान्तिको पक्षमा बुद्धिजमको पक्षमा नयाँ योजनाका साथ आएको कुरा र मेरो युद्धबाट शान्तिमा आउने, शान्तिबाट संविधान निर्माण र संविधानपछि सुशासन, सामाजिक न्याय र सम्बृद्धिको प्रक्रिया यो के त ? अन्तर्राष्ट्रिय समुदायमा पनि यसपटक मेरो भारत भ्रमण पनि सफल र ऐतिहासिक भएको छ ।

त्यसैगरी इटालीमा मेरो भ्रमणमा पनि खाद्यसँग सम्बन्धित विषयमा राष्ट्रसंघकै सम्मेलन थियो त्यो । त्यहाँ पनि मैले एलडीसीको चेयर, नेपालको प्रधानमन्त्रीको हैसियतले जसरी विषय प्रस्तु गरें, विश्व समुदायले यसलाई उत्साहवर्धक ढंगले लियो । त्यस्तै संयुक्त राष्ट्रसंघको महासभामा पनि भयो । अमेरिकाको राष्टपतिसँग पनि, त्यहाँको स्टेट मिनिस्टरसँग पनि मेरो कुरा भयो । ती सबै कार्यक्रमहरु र महासभामा मेरो सम्बोधन पनि सुन्नुभएको छ । त्यहाँ त थुप्रै सम्बोधन भएको छ । नेपालको प्रधानमन्त्रीको हैसियतले मात्र होइन, ४७ देशको अध्यक्षको नाताले दुनियाँलाई भन्नुपर्ने थियो मैले भनें । क्लाइमेट चेन्जको कुरा भनें । नेपालको शान्ति प्रक्रियाको विकास क्रमको बारेमा र यसलाई विश्वमा स्थापित गर्नुपर्छ भन्ने कुरामा भनें । । म सन्तुष्ट छु । चीनमा पनि त्यसरी नै । चीनसँग जुन प्रकारले छलफलहरु भए, विश्वासको राम्रो वातावरण बनेको छ । यसले मलाई यो पटक चाहिँ म अब नेपालको प्रधानमन्त्री जस्तो मात्र होइन, अन्तर्राष्ट्रिय आन्दोलनको पनि एउटा लिडरशीपका रुपमा भूमिका खेल्न पाएकोमा मलाई गर्व छ ।


प्रतिक्रिया

2 thoughts on “सम्राट अशोकसँग तुलना गर्दै प्रचण्डले भने- नेपालको मात्र नभएर विश्वकै लिडरशीपको भूमिका खेल्न पाउँदा गर्व छ (भिडिओ)

  1. भारतको प्यादाले यस्तो भन्दा कस्कस्को इज्ज्वत गयो : सुन्नै सकिएन हौ !! नकचरो र मपाइँ हुनुको पनि हद हुन्छ नि : संसार भरी कही नभएको एउटा प्राणी, सन्सारका सबै बहादुर को यौटै रुप ‘प्रचन्ड’ !! यस्तो भन्न सक्ने मान्छेको दिमाग म्युजियममा राखिन्छ होला : अनी अनुसन्धान हुन्छ होला यस्तो अजिवको प्राणी खासमा कहाँ बाट उत्पती भयो भनेर !! सन्सारको एक मात्र लिडरले देशलाई सन्सारकै सबै भन्दा तन्नम देश बनाउन भ्याएको कुरा कत्ती लाई थाहा थियो कत्ती हासे होला :: जोकर !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर