रवीन्द्र मिश्रको टिप्पणी- सरकारको काम किराना पसलजस्तो भयो – Nepal Press

रवीन्द्र मिश्रको टिप्पणी- सरकारको काम किराना पसलजस्तो भयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र मिश्रले देश किराना पसल जस्ता भएको बताएका छन् ।

पार्टी प्रशिक्षणका लागी उदयपुर पुगेका उपाध्यक्ष मिश्रले पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बर्तमान सरकारको काम विहान उठ्ने, पसल खोल्ने दिनभर व्यापार गर्ने बेलुका बन्द गरी घरमा गएर सुत्नेभन्दा बाहेक केही काम हुन सकेको भन्दै यसरी सरकार नचल्ने बताए ।

उनले जनताका जनजीविकाका सवाल जस्ताको त्यस्तै रहेको, संस्थागत भ्रष्टचार मौलाएको तर यस बिषयमा सरकार मौन रहेको जिकिर गरे । उपाध्यक्ष मिश्रले वालुवाटार जग्गा, सुनकाण्ड लगायतका लगायतका थुप्रै प्रकरणहरुमा सरकारले नाङ्लो ठोकेर हात्ति तर्साउने प्रयास मात्र भएको दाबी गरे ।

नेता मिश्रले देश सामाजिक रूपमा, आर्थिक रूपमा र राजनीतिक रूपमा भड्खालोतिर गइराखेकोले देशलाई माया गर्ने सम्पुर्ण नेपालीले गम्भिर भएर सोच्नु पर्ने आवश्यकता रहेको बताए ।

उपाध्यक्ष मिश्रले देश भित्रका ५० प्रतिशत सटर बन्द रहेको, खराब कर्जाको अवस्था झन भयावह रहेको भन्दै जुन आर्थिक रुपमा राम्रो कुरा नभएको दाबी गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर