महासचिव गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन योगदान गरेको छ : माओवादी केन्द्र (भिडिओ) – Nepal Press

महासचिव गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन योगदान गरेको छ : माओवादी केन्द्र (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले ठूलो योगदान पुर्याएको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले महासचिव गुटेरेसले नेपाल भ्रमण क्रममा गरेको अभिव्यक्तिले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन महासचिवको भ्रमणले दलहरुलाई सघाएको बताएका हुन् ।

उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सबै राजनीतिक दलप्रति संवाद भइरहेको जानकारी दिए । दलहरुका बीचमा १२ बुँदे सम्झौताका पक्षधरका बीचमा समीक्षासहितको बैठक बस्नुपर्ने सहमति जुटेको उनको भनाइ छ । सापकोटाले इतिहासको चक्का पछाडि फर्कन नसक्ने भन्दै परिवर्तनका पक्षधरले राष्ट्रिय दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्ने बताए ।

उनले पार्टीको जनतासंग माआवादी अभियान पार्टी र राज्यको रुपान्तरण र शुद्धीकरण भएको जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर