पूर्वमुख्यमन्त्री लिला गिरी गराए अवरुद्ध विकासबारे प्रधानमन्त्रीको ध्यानाकर्षण – Nepal Press

पूर्वमुख्यमन्त्री लिला गिरी गराए अवरुद्ध विकासबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

रुपन्देही । रुपन्देहीका रहेका महत्वपूर्ण विकासका आयोजना अवरुद्ध रहेको विषयमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए ।

बिहीबार आम्दा अस्पताल बुटवलको २५ औं वार्षिकोत्सवमा गिरीले यहाँका निर्माणाधीन विकास योजनाहरुलाई पूर्णता दिनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि भएर उपस्थित कार्यक्रमको मञ्चमा बोल्दै गिरीले एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका गिरीले चिकित्सा क्षेत्रसँग जोडिएका बुटवलका शैक्षिक संस्थाहरु बन्द भएको समेत जानकारी गराए ।

बुटवल एक महत्वपूर्ण मेडिकल हबको रुपमा बिकास हुन सक्ने बताउँदै उनले लुम्बिनी प्रादेशिक अस्पताललाई १२ सय सैय्याको बनाउनका लागि टेन्डर प्रक्रिया रोकिएकोप्रति ध्यानाकर्षण गराए । उक्त अस्पतालको मुद्दा सर्वोच्चमा गएर अड्किएको बताउँदै बुटवल मेडिकल कलेजको सञ्चालनको कामलाई समेत अघि बढाउन आग्रह गरे ।

उनले बेलहिया–बुटवल ६ लेन सडक निर्माण सुरु भएको १२ वर्षसम्म पनि सम्पन्न नभएको, बुटवल–नारायणगढ सडक बिस्तार ३ वर्षमा सम्पन्न गर्न भने पनि सम्पन्न भएको तथा भैरहवामा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमान स्थल सञ्चालनमा नआएको लगायतका विषयमा ध्यानाकर्षण गराएका हुन् ।

‘हाम्रा योजनाहरु बेलैमा सम्पन्न भएका छैनन्, व्यापार घटिरहेको छ, व्यवसायीहरु निरास छन् ।’–गिरीले भने, ‘कुनै राजनीतिक अभिप्रायले मैले यी विषयहरु उठाएको छैन । जनता दुःखी छन्, आत्तिएका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर