पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन एमाले अध्यक्ष ओलीको निर्देशन (भिडिओ) – Nepal Press

पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन एमाले अध्यक्ष ओलीको निर्देशन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता कार्यकर्ताप्रति असन्तुष्टि जनाएका छन् । दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै केही नेता कार्यकर्तालाई सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुग्न अनुशासनहीन प्रवृत्ति देखाउन थालेको उनको भनाइ थियो ।

ओलीले भने, ‘आज समाजमा एउटा प्रवृत्ति छ, जति अनुशासनहीन भयो, जति उच्छृंखल भयो, जति जथाभावी बोल्यो के हुने हो थाहा छैन । महान् हुन खोजेको होला । त्यो प्रवृत्ति छ एउटा । आफूलाई कुछ देखाउनको लागि अनुशासनह‍ीनताको साहरा लिने प्रवृत्ति बढिरहेको छ । हामीलाई कसैकसैलाई हुन्छ नि- सदस्यता लिएको भोलिपल्ट कताकता माथिलो पदमा पुगुँ जस्तो ।’

उनले अहिले समाजमा अराजकता, असहिष्णुता र अराजकता बढेको भन्दै चिन्ता व्यक्त गरे ।

ओलीले भने, ‘विभिन्न खालका संकीर्णता, गैरजिम्मेवार खालको अभिव्यक्ति र शैली भइरहेका छन् । समाज विकृत, गैरजिम्मेवार भइरहेको छ । यस्तो अवस्थामा जिम्मेवारी बोध कसरी गर्ने ? अनुशासित भएर कर्तव्य पालनामा लाग्नुपर्छ भनेर कसरी बुझाउने ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर