कोशीमा एमाले र कांग्रेसको शेखर समूहबीच सत्ता समीकरण, मुख्यमन्त्री दाबी गर्दै केदार कार्की प्रदेश प्रमुखकोमा – Nepal Press

कोशीमा एमाले र कांग्रेसको शेखर समूहबीच सत्ता समीकरण, मुख्यमन्त्री दाबी गर्दै केदार कार्की प्रदेश प्रमुखकोमा

विराटनगर । सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग समीकरण गरेको छ ।

नेपाली कांग्रेसका केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री दाबी गरेका छन् । कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुख प्रमुखको कार्यालयमा पुगेका हुन् ।

उपसभामुखसहित एमालेका ४० सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्बोच्च अदालतको व्याख्या छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर