लोक सेवा, प्राकृतिक स्रोत तथा वित्त र भाषा आयोगले बुझाए वार्षिक प्रतिवेदन – Nepal Press

लोक सेवा, प्राकृतिक स्रोत तथा वित्त र भाषा आयोगले बुझाए वार्षिक प्रतिवेदन

काठमाडौं । लोक सेवा आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले राष्ट्रपति पौडेललाई नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन पेश गरेका छन् ।

त्यस्तै, आजै भाष आयोगका अध्यक्ष गोपाल ठाकुरले भाषा आयोग एजेन, २०७४ बमोजिम आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर