राजेन्द्र पाण्डेले भने- कालोबजारीले बजार अनियन्त्रित भइसक्यो, सरकारको ध्यान जाओस् – Nepal Press

राजेन्द्र पाण्डेले भने- कालोबजारीले बजार अनियन्त्रित भइसक्यो, सरकारको ध्यान जाओस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कालोबजारी नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै घर जाने बस र हवाइजहाजको मूल्य पनि दोब्बर लिन थालेको बताए ।

उनले भने, ‘दशैं नजिकिँएसँगै लाखौं आफ्नो थाकथलो फर्केने तयारीमा हुनुहुन्छ । तर, दसैं दशाको रुपमा व्यवहार भइरहेको देखिन्छ । घर जानको लागि बस, हवाइजहाजको टिकट समयमा नपाउने, डबल मुल्य पर्ने, भाउ बढ्ने र बजार अनियन्त्रित हुँदै जाने देखिन्छ ।’

भारतबाट आउनेहरुलाई भारतीय सुरक्षाकर्मीहरुले चेकजाँचको नाममा दुख दिने काम भइरहेको त्यसतर्फ सरकारको ध्यान जान आग्रह गरे ।
उनले भने, ‘चिनी र जिराको त भाउ आकाशियको छ । तर अझैपनि बजारमा पाइँदैन। सरकारले अनुगमन गरी काला बजारीलाई नियन्त्रण गरोस्, सस्तो बजारमा पनि ध्यान जाओस् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर