अवैध सामान उठाउन गएका राजश्व अनुसन्धानका कर्मचारीलाई मिर्चैयाका व्यापारीले लखेटे (भिडिओ) – Nepal Press

अवैध सामान उठाउन गएका राजश्व अनुसन्धानका कर्मचारीलाई मिर्चैयाका व्यापारीले लखेटे (भिडिओ)

जनकपुरधाम । सिरहाको मिर्चैया बजारमा तस्करीको कपडा जफत गर्न पुगेका राजश्व अनुसन्धान कार्यालय इटहरीका कर्मचारीलाई व्यापारीले लखेटेका छन् ।

विशेष सूचनाको आधारमा राजश्व अनुसन्धानको टोली असोज ४ गते मिर्चैया नगरपालिका-६ स्थित कल्याण ट्रेडर्समा छापा मार्न पुगेको थियो । अवैध सामान भेटेपछि मुरारी साहको ट्रेडर्स (पसल) र गोदाम सिल गरिएको थियो ।

सिल गरेको पसल र गोदाममा राजश्व छलीका सामान लिन गएका राजश्व अनुसन्धानको टोलीलाई ढुंगामुढा गर्दै व्यापारीले लखेटेका हुन् ।

अनुगमनको नाममा आतंकित बनाएको भन्दै राजश्व अनुसन्धानका कर्मचारीमाथि व्यापारीहरू आक्रमक बनेका थिए । व्यापारीहरु र राजश्वका टोलीबीच तनावको अवस्था सृजना भएको थियो । व्यापारीले ढुंगामुढा गर्न थालेपछि राजश्व अनुसन्धानका टोली भागेका छन् ।

व्यापारीहरूले ‘राजश्व अनुसन्धानको आतंक बन्द गर’ भन्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेकोमा करिब आधा घन्टापछि अवरोध हटेको छ । अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *