एमाले सचिव योगेश भट्टराई भन्छन्- हाम्रो ध्यान मधेशमा एमालेको तागत बढाउन केन्द्रित छ (भिडिओ) – Nepal Press

एमाले सचिव योगेश भट्टराई भन्छन्- हाम्रो ध्यान मधेशमा एमालेको तागत बढाउन केन्द्रित छ (भिडिओ)

जनकपुरधाम । नेकपा एमालेका सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेश प्रदेश र सबै स्थानीय तहमा एमालेको सरकार आवश्यक भएको बताएका छन् ।

एमाले मधेश प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखे ‌। उनले भने, ‘मधेशमा अहिले एमालेको जुन तागत छ, त्यो बढाउन चाहन्छु आउने चुनावबाट । एमालेको मुख्यमन्त्री चाहिन्छ । १३६ वटै पालिकामा एमालेको प्रमुख हुनुपर्छ । अब यो अधिवेशनबाट हाम्रो ध्यान यता गएको छ ।’

एमाले प्रदेश अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ तय गरिएको छ । यसबारे उनले मधेशको स्वाभिमान उठाउनुपर्ने र सगरमाथाको शिरसम्म पुर्‍याउने बताए ।

उनले सबै तहमा एमालेले नेतृत्व पाए मात्र मधेशको समृद्धि सम्भव हुने दाबी गरे ।

नेता भट्टराईले एमाले लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र सबैलाई प्रतिस्पर्धा गर्ने अवसर रहेको उल्लेख गरे । उनले स्वच्छ र मर्यादित ढंगले प्रदेशको नेतृत्व चयन गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर