जसपाको किरात राष्ट्रिय समिति पुनर्गठन – Nepal Press

जसपाको किरात राष्ट्रिय समिति पुनर्गठन

धरान । जनता समाजवादी पार्टी (जसपा) नेपालको किरात राष्ट्रिय समिति पुनर्गठन भएको छ । पार्टीको धरान उपमहानगर समिति कार्यालयमा आइतबार सम्पन्न किरात राष्ट्रिय समिति रुपान्तरण कार्यक्रमबाट रमेश राईको अध्यक्षतामा ३४ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षहरूमा गणेश राई, मानभगत चाम्लिङ, बिना राई, मुख्यसचिव प्रशन्न राई, सचिवहरू गोपाल राई, महेन्द्र राई, नेत्रबहादुर नेम्बाङ र कोषाध्यक्ष जंगमान राई रहेका छन् ।

जसपाको विधानले संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ र ओखलढुङ्गा जिल्लाहरूको किरात राष्ट्रिय समिति हुने भनेको छ । जसपाको विधानबमोजिम राष्ट्रिय समिति ३९ सदस्यीय सम्मको बनाउन सकिने प्रावधान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर