एमाले बागमती अधिवेशन : सिन्धुपाल्चोकका १२ स्थानीय तहबाट प्रतिनिधि चयन – Nepal Press

एमाले बागमती अधिवेशन : सिन्धुपाल्चोकका १२ स्थानीय तहबाट प्रतिनिधि चयन

काठमाडौं । नेकपा एमालेको असोज ८ र ९ गते हुने बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनका लागि सिन्धुपाल्चोकका १२ स्थानीय तहबाट प्रतिनिधि छनोट भएका छन् ।

१२ पालिका मध्ये दुई पालिकामा निर्वाचन र १० पालिकामा सर्वसम्मत अधिवेशनका प्रतिनिधिहरू छनोट भएको नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

बाह्रबिसे नगरपालिका र सुनकोसी गाउँपालिकामा भने सर्वसम्मत हुन नसकेपछि निर्वाचनबाट अधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

सुनकोसी गाउँपालिकामा भएको निर्वाचनमा भने सुनकोसी गाउँपालिकाका अध्यक्ष समेत रहेका टपिन्द्रप्रसाद तिमिल्सिनाले सर्वाधिक मत ल्याएर अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

तिमिल्सिनाले खसेको मतको ९५ प्रतिशत मत ल्याएर अधिवेशन प्रतिनिधिमा निर्वाचित भएको एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

कुल ३ सय २७ मत खसेकोमा एक मत बदर भएको थियो अध्यक्ष तिमिल्सिनाले ३ सय १० मत ल्याएर प्रतिनिधिमा निर्वाचित भएका छन् । यो खसेको मतको सर्वाधिक र लोकप्रिय मत हो ।

त्यस्तै बाह्रबिसे नगरपालिकामा पनि नगरपालिकाका पूर्व मेयर समेत रहेका निमफुञ्जो शेर्पा सर्वाधिक मत ल्याएर अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । शेर्पाले १ सय ९८ मत ल्याएका थिए । प्रदेश सभा निर्वाचनमा एमालेबाट उम्मेदवार भएका युद्ध विक्रम तामाङ ले भने जम्मा ७६ मत मात्रै ल्याएका छन् ।

बागमती प्रदेश अधिवेशनमा तिमिल्सिना र शेर्पा पूर्व पदाधिकारीका आकाङ्क्षी समेत रहेका छन् । स्थानीय निर्वाचनमा सिन्धुपाल्चोक प्रतिनिधि सभा –१ मा नेकपा एमालेका तर्फबाट तिमिल्सिना मात्रै अध्यक्षमा निर्वाचित भएका थिए । हाल बागमती प्रदेश कमिटीमा समेत रहेका तिमिल्सिना आफू यो पटक पदाधिकारीमा जाने योजनामा रहेको बताए । बागमती प्रदेश अधिवेशनमा सिन्धुपाल्चोकबाट सुवास कर्माचार्य सचिवको आकांक्षी रहेका छन् ।

यी हुन् सिन्धुपाल्चोकबाट छनोट भएका प्रतिनिधिहरू

भोटेकोशी गाउँपालिका

आङछिरीङ शेर्पा

छेवाङ लामा

हेम कार्की

महिला

सुन्तली माया तामाङ

बाह्रबिसे नगरपालिका

निमफुञ्जो शर्पा

दामोदर ढकाल

हरि दाहाल

महिला

सुशीला पाख्रिन

त्रिपुरा सुन्दरी गाउँपालिका

सुकदेव रिसाल

यज्ञराज श्रेष्ठ

लिसंखुपाखर गाउँपालिका

सूर्य लामा

उत्तरध्वज लामा

महिला

हेमगंगा मोक्तान

सुनकोसी गाउँपालिका

टपिन्द्रप्रसाद तिमिल्सिना

सुरज लामा

सोमराज लामा

महिला

शोभा कार्की

बलेफी गाउँपालिका

विनोद नेपाल

दीपेन्द्र पौडेल

डम्बर थापा

महिला

कमला कायस्थ

जुगल गाउँपालिका

होमनारयण श्रेष्ठ

मनोज तामाङ

महिला

देवकी श्रेष्ठ

चौतारा साँगाचोकगढी नगरपालिका

सुवास कर्माचार्य

इन्द्र नेपाल

यज्ञराज सापकोटा

विदुर भारती

महिला

बालकुमारी सापकोटा

इन्द्रावती गाउँपालिका

झम्क नेपाल

डालबहादुर सापकोटा

शशिनाथ आचार्य

सुब्बा माझी

महिला

सरस्वती अधिकारी

मेलम्ची नगरपालिका

मित्रलाल चौलागाई

बालकृष्ण देउजा

उपेन्द्र तामाङ

शिवराम भट्टराई

विजयकृष्ण श्रेष्ठ

घननाथ पराजुली

अशोक चौलागाई

महिला

कल्पना पहरी

सुनिता देउजा (पराजुली)

दुर्गा चालिसे

उमा प्रधान

पाँचपोखरी थाङपाल गाउँपालिका

टासी लामा ह्योल्मो

देवेन्द्र  खत्री

सोमर बम्जन

शिशीर वाइवा

महिला

देवकी श्रेष्ठ

हेलम्बु गाउँपालिका

हस्त पण्डित

डोल्मा तामाङ

अर्जुन भण्डारी

दलित प्रतिनिधि

राजु विश्वकर्मा

रामचन्द्र सुनार

लक्ष्मी लामिघाते

चन्द्र धिमालकोटी

रामबहादुर सुनार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर