बीपीले नपाएको १५ वर्षमाथि विज्ञ- पूर्वाग्रहका कारण समाजवादलाई व्यवहारमा उतार्न पाएनन् – Nepal Press

बीपीले नपाएको १५ वर्षमाथि विज्ञ- पूर्वाग्रहका कारण समाजवादलाई व्यवहारमा उतार्न पाएनन्

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाको ११० औं जन्मदिनको अवसर पारेर पार्टी मुख्यालय बी.पी.नगरमा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन-२०८०’को दोस्रो दिन ‘बिपीले नपाएको १५ वर्ष’ शीर्षकमा विज्ञहरुले धारणा राखेका छन् ।

नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झाले ‘बीपीले नपाएको १५ वर्ष’ विषयमा धारणा राखेका थिए ।

हरि शर्माले राजनीतिक पूर्वग्रहका कारण बीपीले दुई तिहाई बहुमतसहितको सरकाको नेतृत्व गरे पनि पूरा अवधि चलाउन नपाउँदा लोकतान्त्रिक समाजबादको आफ्नो सैद्धान्तिक अवधारणलाई व्यवहारिक रुपमा उतार्न नपाएको बताए ।

वरिष्ठ अधिवक्तासमेत रहेका विपिन अधिकारीले सामाजिक र राजनीतिक न्याय तथा कानूनी शासनको अभ्यास बिपीले गर्न नपाएको बताए ।

अर्थविज्ञ अच्युत वाग्लेले बिपीले समाजबादी अर्थनीति अनुशरण गर्दै अघि बढ्दा मुलुकमा आर्थिक सुधारका संकेत देखिएका थिए तर त्यसले निरन्तरता पाउन नसकेको बताए ।

आर्थिक मित्तव्ययिता र त्यसको समुचित उपयोग कसरी गर्ने भन्ने बीपीको अवधारणालाई तत्कालीन सरकारले २०१६ सालमा अभ्यास शुरुवात गरेको बताए । मञ्चला झाले बिपी नेतृत्वको सरकारले समावेशीता र समानताको पक्षमा काम गरेको स्मरण गर्दै उनको नीतिलाई आजको कांग्रेसले व्यवहारमा उतार्नु पर्ने खाँचो औल्याइन् ।

नेपाली साहित्यका शिखर पुरुष महामानव बीपी कोइरालाको ११० औं जन्मोत्सवको अवसरमा कांग्रेस केन्द्रीय कार्यालय बी.पी. नगर ललितपुरमा आइतबारबाट शुरु भएको हो । तीन दिने महोत्सवमा १५ शीर्षकमा विचार विमर्श हुन लागेको हो । महोत्सवको दोश्रो दिन सोमबार ‘बीर गणेशमान’ चलचित्र प्रस्तुत गरिएको थियो । आजै गजल साँझ हुँदैछ । जहाँ ३० जना गजलकारहरुले आफ्नो प्रस्तुति दिने भएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर