ललिता निवासका प्रतिवादीलाई किन थुनामा पठाएन अदालतले ? यस्तो छ आदेशको पूर्णपाठ – Nepal Press

ललिता निवासका प्रतिवादीलाई किन थुनामा पठाएन अदालतले ? यस्तो छ आदेशको पूर्णपाठ

काठमाडौं । ललिता निवास प्रकरणमाथि परेको मुद्दामा सबै प्रतिवादीहरूलाई अदालतले तारेखमा छोड्ने आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले पक्राउ परेकामध्ये १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

न्यायाधीश भोलानाथ ढकालले दिएको थुनछेक आदेशमा मुद्दा नै खारेज गर्नुपर्ने प्रतिवादी तर्फका वकिलहरूको जिकिरसँग सहमति हुन नसकिएको उल्लेख छ । नेपाल सरकारले साविक मुलुकी ऐन २०२० कीर्ते कागजतको १ र २ नम्बरले परिभाषित कसूर प्रतिवादीहरुले गरेको भनि दाबी लिइएको पाइएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम प्रतिवादीहरूलाई थुनामा पठाउन नमिल्ने देखिएको आदेशमा उल्लेख छ ।

‘साथै विभिन्न मितिका मन्त्रिपरिषदका निर्णय, प्रतिवादीले गरेको बयान, घटना विवरण कागजसमेतका मिसिल संलग्न तत्काल प्राप्त आधार प्रमाणहरूबाट निज प्रतिवादीहरू अहिले नै निर्दोष रहेछन् भन्ने अवस्था देखिएन,’ आदेशमा भनिएको छ ।

यस्तो छ आदेशको पूर्णपाठः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर