टीआरसी विधेयकबारे शेखर- ‘सुप्रीम कोट’ र पीडितको मर्मलाई बुझ्न सक्नुपर्छ – Nepal Press

टीआरसी विधेयकबारे शेखर- ‘सुप्रीम कोट’ र पीडितको मर्मलाई बुझ्न सक्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्याय सम्बन्धित विधेयक संसदबाट पारित हुनु ठूलो कुरा नभएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पीडित, अन्तर्राष्ट्रिय समूदाय र सर्वोच्च अदालतको आदेशलाई ख्याल गरेर अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘टीआरसीको सम्बन्धमा अहिले ऐन बन्दैछ पीडितहरुको सन्दर्भमा पनि उनीहरुको सोचाई र विचारलाई म्यानेज गर्नुपर्ने हुन्छ । बहुमत छ यहाँबाट पास होला सुप्रिम कोटले हामीलाई पहिले नै दिइसकेको छ गाइडलाइन्सहरु । इन्टरन्यासनल कम्युनिटीलाई पनि समेट्न सकियौं भने पास हुन्छ । त्यही पनि पास भइरहेकै हुन्छ नि त्यसलाई लागू गर्न सक्नुपर्यो । हामीले पास गरेको हुन्छौं सुप्रीम कोटले रोकिँदिराखेको छ । प्रधानमन्त्रीजी विदेश जाँदै हुनुहुन्छ युनमा बोल्न सकौं उहाँलाई होला शान्ति प्रक्रिया यसरी टुंगोमा पुर्याउँछौं भनेर ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर