नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा – Nepal Press

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ । कांग्रेस सहमहामन्त्री समेत रहेका नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष एवम्‌ पूर्वमन्त्री समेत रहेका महेन्द्र यादवमाथि भएको सांघातिक हमलाप्रति ध्यानाकर्षण जनाएको हो ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै पूर्व मन्त्री जस्तो व्यक्तिलाई दिनदहाडै सार्वजनिक स्थलमा ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार हुनु निन्दनीय भएको बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘देशमा आम नागरिकको जिउ ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्ण रुपले असफल भएको यस घटनाले पुष्टी गरेको छ । यस घटनाको सम्पूर्ण जिम्मेवारी सरकार र गृहमन्त्रालयले लिनु पर्ने स्पष्ट छ । तर्सथ राजधानीको सार्वजनिक स्थलमा पूर्व मन्त्री जस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने नालायक गृह मन्त्रीको राजीनामा समेत माग गर्दछौँ ।’

आकमणमा संलग्न अपराधी र जोडिएका पक्षबारे सुक्ष्म अनुसन्धान गरी कडा भन्दा कडा कारवाहीको माग समेत गरेको छ ।


प्रतिक्रिया

One thought on “नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

  1. हान्ने पनि नेबिसंघ नै हुन् कि ? पहिला हान्ने अनि राजिनामा माग्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर