देउवासामू शेखरले भने- डेमोक्रेसीमा प्रधानमन्त्री नै सर्वेसर्वा हो, हामीले नेतृत्व लिनसक्ने हो कि होइन (भिडिओ) – Nepal Press

देउवासामू शेखरले भने- डेमोक्रेसीमा प्रधानमन्त्री नै सर्वेसर्वा हो, हामीले नेतृत्व लिनसक्ने हो कि होइन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले ९ वटा मन्त्रालय लिएपछि प्रधानमन्त्री नै सर्वेसर्वा भएको बताएका छन्।

नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृत्व आफूहरूले लिन सके मात्रै जनतामा विश्वास दिलाउन सकिने बताए।

उनले भने, ‘अहिले ९ वटा मन्त्रालय हाम्रो छ ९० जना सांसद छौँ। तर, गर्भमेन्ट हाम्रो हो कि होइन भन्ने आम नेपाली जनतालाई फिल भइरहेको छ। पार्लमेन्ट्री सिस्टम र डेमोक्रेसीमा जसले जे भनेपनि। सभापति यही हुनुहुन्छ। प्रधानमन्त्रीसँग कुरा भइरहेकै होला। जतिसुकै भनेपछि प्रधानमन्त्री नै सर्वेसर्वा हो। त्यो पनि एउटा कारण होला। प्रधानमन्त्रीले भनेको कुरा मन्त्रीज्यूहरुले काट्न नमिल्ने, त्यो स्वाभाविक पनि हो। त्यस कारण अब हामीले नेतृत्व हामीले लिन सक्ने हो कि होइन। हामीले नेतृत्व लिने हो भने कांग्रेसको वर्चस्व हुन्छ। जनतालाई पनि विश्वस्त पार्न सकिन्छ।’

अहिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र कूटनीतिक कुनै पनि हिसाबले सही ढंगले अघि नबढेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर