देउवालाई शेखरको आग्रह- कांग्रेसले नेतृत्व गरेका मन्त्रालयका कर्मचारीको गुनासो छ, मन्त्रीहरुलाई बोलाएर कुरा गर्नुस् (भिडिओ) – Nepal Press

देउवालाई शेखरको आग्रह- कांग्रेसले नेतृत्व गरेका मन्त्रालयका कर्मचारीको गुनासो छ, मन्त्रीहरुलाई बोलाएर कुरा गर्नुस् (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर सम्झाउन आग्रह गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले नेतृत्व गरेका मन्त्रालयहरुमा लोकतान्त्रिक विधिलाई पाखा लगाइयो भन्ने कुरा आइरहेको बताए ।

उनले भने, ‘कर्मचारी युनियनमा काम गरिरहेका साथीहरुको मनोबल कसरी उच्च हुन्छ, सभापतिजीले त बुझ्नुभएको छ । मन्त्रीहरुलाई बोलाएर यो कुरा राम्रोसँग सम्झाउनुपर्छ भन्ने मलाई लाग्छ । होइन भने अफ्ठ्यारो स्थितिमा कर्मचारी परिराख्नुभएको छ। त्यो पनि कांग्रेसले लिएको मन्त्रालयबाट भन्दा आफैंमा पनि झसंग हुन्छ । त्यसैले सभापतिजीले बोलाएर भन्नुपर्छ ।’

नेता कोइरालाले कांग्रेसमाथि अहिले चौतर्फी आलोचना भइरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर