चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालको लगातार दोस्रो जीत – Nepal Press

चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालको लगातार दोस्रो जीत

काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो जीत हात पारेको छ । नेपालले बुधबार भएको खेलमा कुवेतलाई ३४ रनले पराजित गर्‍यो ।

नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन जोड्यो । नेपालका लागि ईन्दु वर्माले २३, विन्दु रावलले २० र काजल श्रेष्ठले १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रन जोड्यो । नेपालका ईन्दु वर्माले ३, खुसी डंगोलले २ तथा ईश्वरी विष्ट, सीता रानामगर र कविता कुँवरले एकएक विकेट लिए ।

कुवेतका दुई जना ब्याटरले मात्र दोहोरो अंकमा रन जोड्न सके ।

पहिलो खेलमा नेपालले हङकङलाई हराएको थियो । नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *