तस्बिरमा हेर्नुस् नेकपा एसको केन्द्रीय कमिटी बैठक – Nepal Press

तस्बिरमा हेर्नुस् नेकपा एसको केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । तीन दिनसम्म चल्ने बैठक ललितपुरको बालकुमारीमा बसिरहेको छ ।

बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय संगठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ । पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि महाधिवेशन हुनसकेको छैन ।

पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गरेपछि केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनको टुङ्गो लगाउने तयारी रहेको महासचिव घनश्याम भुसालले बताए ।

बैठकमा राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै सङ्गठनको पुनःगठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा छलफल हुनेछ।

बैठकमा पार्टी अध्यक्ष माधव नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन पेश गरेका छन् । महासचिव भुसालले साङ्गठनिक प्रतिवेदन बैठकमा छलफलका लागि पेश गर्ने तयारी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर