जसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी, को कहाँ ? (सूचीसहित) – Nepal Press

जसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी, को कहाँ ? (सूचीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठलाई बागमती प्रदेश इन्चार्ज, राज किशोर यादवलाई लुम्बिनी प्रदेश इन्चार्ज, प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इन्चार्ज र गोविन्द चौधरीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकेको छ ।

बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्देश्वर प्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र ई. देवनारायण यादव रहेको केन्द्रीय कार्यालय समिति गठन समेत गरेको छ ।

त्यस्तै बैठकले संगठन विभागको प्रमुखमा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ । विभागका सदस्यहरूमा रेणु यादव र लाक्पा शेर्पा रहेको छन् ।

संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुखमा लालबाबु राउत र सदस्यहरूमा शैलेन्द्र साह र सनबहादुर राई रहेका छन् ।

सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागमा मनिसकुमार सुमन र सदस्यहरूमा लक्ष्मण हुमागाईँ र योगराज वनेम रहेका छन् ।

युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा रमेशबाबु श्रेष्ठ रहेका छन् भने विदेश्वर यादव, दीपक दोर्जे लामा र वीरेन्द्र प्रधान सदस्य रहेका छन् ।

महिला विभाग प्रमुखमा लिला सिटौला सदस्यहरूमा उर्मिला साह, मञ्जु अन्सारी, विनीता यादव र किरण साह, निर्मला यादव, भगवती सुवेदी, रेणुका सिंह, अञ्जना शेर्पा, शोभा बज्राचार्य र कमला विश्वकर्मा रहेका छन् ।

त्यस्तै बैठकले केन्द्रीय सदस्य मनोरञ्जन गोइतमाथि गरिएको अनुशासनात्मक कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

सप्तरी जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं मा निर्वाचनका बेला उत्पन्न भएका संगठनात्मक समस्या तथा अनुशासन लगायतका विषयमा भएका विवादहरूका सम्बन्धमा आवश्यक छानबिन गरी सत्य तथ्यका आधारमा अध्ययन, अनुसन्धान र विश्लेषण गरी प्रतिवेदन पेस गर्न राज किशोर यादवको संयोजकत्वमा सुशीला श्रेष्ठ र जगदेव यादव रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर