ऋषि धमलाको बचाउमा सासू, आक्रोशित हुँदै शर्मिला वाइबालाई के-के भनिन् ? – Nepal Press

ऋषि धमलाको बचाउमा सासू, आक्रोशित हुँदै शर्मिला वाइबालाई के-के भनिन् ?

काठमाडौं । पत्रकार ऋषि धमलाको बचाउमा उनकी सासूआमा गीता गौतम उत्रिएकी छन् । उनले टिकटक लाइभमा आएर धमलासँग आफ्नो नाम जोडेकी शर्मिला वाइबाविरुद्ध फायर खोलिन् ।

लामो समयदेखि शर्मिलाले सामाजिक सञ्जालमार्फत धमला र उनकी पत्नी एलिजा गौतमको पारिवारिक जीवनमा असर गर्नेगरी विभिन्न आरोपहरु लगाउँदै आएकी थिइन् । यस विषयमा ऋषि र एलिजाले सार्वजनिक रुपमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् । तर, शर्मिलाको एकतर्फी हमला जारी रहेपछि आमाले छोरी-ज्वाइँको तर्फबाट कडा जवाफ फर्काएकी हुन् ।

गीताले आफ्ना छोरी-ज्वाइँको घर बिगार्ने चेष्टा नगर्न चेतावनी दिएकी छन् । ऋषिसँग सम्बन्धमा रहेको पुष्टि गर्न शर्मिलालाई उनको चुनौती छ ।

गीताका अनुसार उनलाई समेत शर्मिलाले फोन र म्यासेज गरेर दुःख दिने गर्छिन् ।

‘मलाई राति १ बजे ‘कल मी’ भन्दै म्यासेज आएको छ, मैले किन त्यसलाई फोन गर्ने ?’, उनले भनिन् ।

गीताको आक्रोशित अभिव्यक्तिका सम्पादित अंश (गालीगलौजका शब्दहरु केही हटाइएको र केही परिमार्जन गरिएको छ (जस्तै पोइ-लोग्ने):

सहनुको पनि एउटा सीमा हुन्छ । मान्छेले सकुञ्जेल मात्र खप्छ । सीमा बाहिर गएपछि ढुंगा पनि फुट्छ । खोलामा बाढी उर्लिन्छ । रुख पनि भाँचिन्छ । मैले यो अर्काका लोग्ने ढुक्नेलाई भनेको हो ।

सधैं अर्काको लोग्ने ढुकेर खाने उपियाँ, उडुसहरुले अब यस्तो गर्न छाडून् । आकाशे खेतीको भरमा कति चल्छ ? दुई–तीन दिन अर्काको लोग्ने नभेट्दा ७० डिग्रीका घामले तातेको बालुवाबाट निस्केका माछा जसरी प्याक-प्याक हुँदै धतुंगाएर दुनियाँभरि बोल्दै हिँड्ने ?

मन पराएको रे ! मन पराएको थियो भने झ्याइँझ्याइँ बाजा बजाएर भित्र्याउँथ्यो । बाटोमा भेटेको मादल त जसले पनि ट्राइ गर्छ । मनकामनामा झुण्ड्याएको मादल मलाई मन परो भने म पनि एक दुई–चोटि बजाउँछु, हिँड्छु । बोल्नेले मेरो थोपडा कस्तो छ, मेरो हैसियत के हो, म त्योसँग मिल्छु कि मिल्दैन, उसको परिवार कस्तो हो र म कस्ती छु भनेर बट्टे ऐना हेरेर बोल्नुपर्छ ।

संसारमा मान्छेको जन्म लिएर आइसकेपछि ढुकेरै मात्र खाने ? अर्काकै लोग्नेको मात्र आशा गर्ने ? संसारमा अरु लोग्नेमान्छे जन्मेका छैनन् ? छन् त ! आइमाईलाई श्रीमान नपुग्ने होइन । एउटा लोग्नेमान्छेलाई दुई वटी ल्याउँदा पनि पुग्छ रे ! लोग्ने त पाइन्छ जति पनि । आफूअनुसारको खोज्नुपर्छ । आफू कुन तहको छु र कतिसम्म हैसियतको छु, त्योअनुसार खोज्नुपर्छ । अर्काको पोइलाई आँखा लगाउने, पार्लरमा जाँदा पैसा त्यसैले तिर्नुपर्ने, स्कुटी-गाडी उसैले किन्दिनुपर्ने, बस्ने घर पनि उसैले बनाइदिनुपर्ने ? यस्ताले पनि पृथ्वीमा बाँच्ने हो ? लाजसरम हुँदैन ?

सधैं सामाजिक सञ्जालमा फ्याउफ्याउ गरेर अर्काको राम्रो चलिरहेको जीवन उथलपुथल गर्न खोज्ने ? अर्काका लोग्ने-स्वास्नीमाथि आइलाग्ने ? कानूनअनुसार आइज न त लु ! तँलाई बिहे गरेर ल्याको रहेछ कि उसलाई बिहे गरेर ल्याएको ? कति कारणले मेरो लोग्ने भन्न सकिस् ? मेरी छोरीलाई १२ फेरा जग्गे घुमाएर डोलीमा हाल्देको हुँ ।

म मन्दिर गएकी मान्छेलाई बाठी भएर ५० चोटी फोन गरेर, अझ मेरो मोबाइलमा ‘कल मी’ रे ! किन मैले फोन गर्ने ? न आमापट्टिकी न बाउपट्टिकी ? तँ जस्तासँग मेरो काम के हुन्छ हँ ? मैले फोन गर्छु जस्तो लागेको ? १ बजे राति खाने-नखाने कुरा खाँदै यस्तो उस्तो भनेर म्यासेज लेख्ने अधिकार कसले दियो ?

यही भिडिओमार्फत सुन । एलिजा गौतमले कसैको केही हानि-नोक्सानी गरेको भए ठीक छ, कानूनअनुसार आइज । होइन भने उसको लोग्नेलाई पटक-पटक मेरो पोइ भन्दै मिडियामा आएर बोल्दै गर्दा पनि उसले सहेर बसी । म त जन्म दिने आमा हुँ । म अब खप्न सक्दिनँ । मेरी एउटी छोरीलाई पीडा दिने ? तेरो के खाइदिएकी छे एलिजाले ? लाजसरम छैन अर्काको श्रीमानलाई मेरो पोइ भन्न ?

मैले पैसा देखेर छोरी दिएँ रे ! तँलाई किन रिस उठ्यो ? मैले छोरी दिन तँलाई सोध्नुपर्ने ? मैले पैसा देखेर दिएँ कि घरपरिवार हेरेर दिएँ कि ? परिवारका सबै मान्छे गएर दुई वर्षसम्म ढुकेर उनीहरुले बिहे गरेर ल्याएका हुन् कि ? तँ बाठी हुने ? ऋषि धमला यस्तो रे, उस्तो रे ? तँ मात्रै जान्दछेस् ?

मलाई फलानो थोक किन्देको थियो, मलाई यति माया गरेको थियो रे ! माया गरेको थियो भने त झ्याइँझ्याइँ बाजा बजाएर डोलीमा हालेर ल्याइहाल्थ्यो नि ! प्रुफ देखा त, कहिले तँलाई बिहे गरेर राखेको थ्यो । तँलाई बिहे गरेको भए एलिजालाई किन बाजा बजाएर लिन जान्थ्यो ? जेसुकै भनोस् भनेर चुप लागेर बस्दा छाडा भएर बसेकी होइनस् ? तेरा कर्तुत के के छन् र कस्ता छन् हामीलाई थाहा छ । तर, त्योपट्टि हामी लाग्दैनौं ।

अर्काको परिवारलाई नजरीकरण लगाउन पाउँदिनस् । अर्काको परिवारलाई नजरीकरण लगाउँदा पनि सजाय हुन्छ । नजरीकरण लगाएको सजाय थाहा छ ? मुलुकी ऐन पढेकी छस् ? तेरो जस्तो पैसा देखेर, अरुसँग लिपासो लागेर जीवनै त्यागेर बिजेती भएर हिँड्ने म होइन । म गरिखाने हुँ । मलाई कसैको पैसा चाहिएको छैन । म आफ्नो ठाउँमा स्ट्रङ छु ।

तेरा म्यासेज मसित सुरक्षित छन् । मेरो इन्टरभ्यू नलिए अफिस घेर्ने रे ? तँ को होस् घेर्ने ? ल घेरेर देखा ? तैंले जे बोल्दा त्यही हुने ? हामीले के गल्ती गरेका रछौं, ल देखा ? तैंले केही बिगार्न सक्दिनस् । कि पाताल भासिनुपर्छ कि त आकाश उड्नुपर्छ । तेरा धम्कीले टेर्नेवाला छौं ? तँलाई लगेर खाँदी पो दिन्छु ।

यस्ता …लाई सिस्नुपानी लाएर पुच्छरमा हान्दै डाँडा कटाउनुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर