पश्चिम रुसको सैन्य हवाइअड्डामा युक्रेनी ड्रोन हमला, एक जहाज ध्वस्त – Nepal Press

पश्चिम रुसको सैन्य हवाइअड्डामा युक्रेनी ड्रोन हमला, एक जहाज ध्वस्त

काठमाडौं । युक्रेनले पश्चिम रुसी क्षेत्रमा रहेको सैन्य हवाइ अड्डामा ड्रोन हमला गरेको छ । हमलामा परेर एक जहाज ध्वस्त भएको तर कुनै मानवीय क्षति नभएको रुसको सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

शनिबार मस्कोको समय अनुसार विहान १० बजे हमला भएको रुसी रक्षा मन्त्रालयलाई साभार गरेर आरटीले उल्लेख गरेको छ । जहाज ध्वस्त हुनुमा युक्रेनी ड्रोन खसाउनु प्रमुख कारण भएको रुसी मन्त्रालयले दाबी गरेको छ ।

ड्रोन खसालेपछि आगो सल्केको र त्यसले एक जहाजमा समस्य भएको रुसी दाबी छ । पछिल्ला दिनहरुमा युक्रेनले युरोप र अमेरिकाले दिएका हतियारहरु खासगरि ड्रोनबाट रुसी राजधानी मस्को लगायतका क्षेत्रहरुमा हमला गरिरहेको छ ।

रुसी कब्जामा भएको डोनबासदेखि क्राइमिया फिर्ता लिने गरेको प्रत्याक्रमण गर्ने युक्रेनको दुई महिना अगाडिको घोषणले धेरै मुर्त रुप लिएको छ । त्योसँगै रुसी भूमि ड्रोन हमला युक्रेनले बढाएको छ ।

मस्कोमा ड्रोन हानेपछि केही समय अगाडि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अब युद्ध युक्रेनमा होइन रुसमा फर्केको दाबी गरेका थिए । रुसले भने युक्रेनी हमलालाई आतंककारी र नवनाजीवादको हमला भन्दै चित्रित गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर