राज्य नचाहिदो प्रतिशोधमा उत्रियो, टुंगिसकेको मुद्दा ब्यूँताएर सांसद सुनिल शर्मालाई पक्राउ गरियो : चन्द्र भण्डारी (भिडिओ) – Nepal Press

राज्य नचाहिदो प्रतिशोधमा उत्रियो, टुंगिसकेको मुद्दा ब्यूँताएर सांसद सुनिल शर्मालाई पक्राउ गरियो : चन्द्र भण्डारी (भिडिओ)

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सरकारले राजनीतिक प्रतिशोधमा समय खेर फ्यालेको आरोप लगाएका छन् ।

पार्टीका सांसद सुनिल शर्मा पक्राउ परेपछि उनले यस्तो बताएका हुन् ।

पार्टी संसदीय दलको बैठकअघि सञ्चारकर्मीहर”सँग बोल्दै उनले भने, ‘देशमा यतिधेरै समस्या छन्, यतिधेरै लुटपाट र भ्रष्टाचार छन् राज्य यतातिर पो लाग्नुपर्छ । नचाहिने प्रतिशोधमा राज्यले आफ्नो समय खेर फाल्नु हुँदैन । यो गलत हो ।’

कसैलाई नपचेको कारणले पार्टीको सांसद शर्मा पक्राउ गरेको उनले बताए ।

उनले भने, ‘कसैले जग्गा किनेपछि फिर्ता गर्दैमा उन्मुक्ति पाउने, मीनबहादुरले फिर्ता गरेपछि किन उन्मुक्ति नपाउने ? सुनिल शर्माको केस अदालतले सफाइ दिएको छ । थुन्नुपर्ने किन ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर