भारतमा मोदी सरकारविरुद्धको अविश्वास प्रस्ताव फेल – Nepal Press

भारतमा मोदी सरकारविरुद्धको अविश्वास प्रस्ताव फेल

काठमाडौं । भारतको लोकसभामा सरकारविरुद्ध विपक्षी गठबन्धनले प्रस्तुत गरेको अविश्वासको प्रस्ताव असफल भएको छ । बिहीबार ध्वनि मतका आधारमा अविश्वासको प्रस्ताव असफल भएको घोषणा गरिएको हो ।

सरकारले विश्वासको मत पाएसँगै संसदीय मामिलामन्त्री प्रल्हाद जोशीले लोकसभा सदस्य अधिररञ्जन चौधरीलाई निलम्बनको प्रस्ताव अघि सारेका छन् ।

विपक्षी गठबन्धनले मणिपुरमा भएको दुःखद घटनालाई लिएर मोदी सरकारमाथि अविश्वासकाे प्रस्ताव पेश गरेका थिए । प्रधानमन्त्री मोदीले उक्त प्रस्तावको छलफलमा विपक्षी गठबन्धनमाथि कडा प्रहार गरेका छन् ।

‘मलाई आशा छ, सन् २०२८ मा अविश्वास प्रस्ताव ल्याउँदा विपक्षी गठबन्धनले अलि बढी तयारी गर्नेछ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर