घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? – Nepal Press

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सोमबार बजारमा छापावाल सुन तोलामा एक सयले घटेर प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार मात्रै प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसै गरी आज चाँदी प्रतितोला १ हजार ४२५रुपैयाँमा स्थिर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर