जनमतको बैठक- संगठन सुदृढीकरणदेखि सरकारमा सहभागीताबारे छलफल (भिडिओ) – Nepal Press

जनमतको बैठक- संगठन सुदृढीकरणदेखि सरकारमा सहभागीताबारे छलफल (भिडिओ)

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा जारी बैठकमा प्रशिक्षण तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल भइरहेको जनाइएको छ ।

संगठन सुदृढीकरण अभियानदेखि सरकारमा सहभागी हुने बिषयमा बैठक केन्द्रित हुने अध्यक्ष डा सिके राउतले बताए ।

बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘पार्टीको केन्द्रीय, राजनीतिक समिति, केन्द्रिय कार्यकारिणी समितिको बैठक बसिसकेको छ। बैठककोे एजेण्डा भनेको संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउनेबारे पनि छलफल हुन्छ ।’

बैठकले विभिन्न समितिमा सदस्यहरुको मनोनित, विभाग गठनलगायतको विषयमा पनि छलफल हुने बताए ।

यस्तैै, जनतमले भोलि स्थानीय जनप्रतिनिधिको पार्टी समन्वय बैठक पनि राख्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर