थप एक हजार विरुवा रोप्दै शाइन रेसुंगा बैंक – Nepal Press

थप एक हजार विरुवा रोप्दै शाइन रेसुंगा बैंक

रुपन्देही । शाइन रेसुंगा डेभलपमेण्ट बैंकले चालू आर्थिक वर्षमा एक हजार विरुवा रोप्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पर्यावरण संरक्षणको लागि ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी सञ्चालन गरिरहेको छ । जसअनुसार यस वर्ष एक हजार विरुवा रोपिने बैंकले जनाएको छ ।

गत वर्ष बैंकको १४औं वार्षिकोत्सव पारेर १४ हजार विरुवा रोपिएको थियो । यस वर्ष बैंकको १५औं वार्षिकोत्सवको अवसरमा पारेर देशभर ११ वटा क्लष्टरमार्फत एक हजार विरुवा रोपेर १५ हजार पुर्‍याइने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

यसैअन्तर्गत ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट’ अन्तर्गत शाइन रेसुंगा डेभलपमेण्ट बैंक मिड सेन्ट्रल सब क्लस्टर मंगलापुरले तिलोत्तमाको गौतमबुद्ध मावि केवलानीमा वृक्षरोपण गरेको छ । बैंकले विद्यालय परिसरमा स्वामी, धुपी, गुल्मोहर, अशोका, कल्की प्रजातिका ८० बढी विरुवा रोपेको क्लस्टर हेड विष्णु थापाले जानकारी दिए ।

शाइन रेसुंगा बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एकमात्र राष्ट्रियस्तरको विकास बैंक हो । ५ अर्ब अधिकृत पूँजी र ४ अर्ब २८ करोड चुक्ता पूँजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा छन् ।

बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर