यसरी पुरियो सिद्वबाबा सुरूङमार्गको दुवै मुहान, सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन (तस्बिरहरु/भिडिओ) – Nepal Press

यसरी पुरियो सिद्वबाबा सुरूङमार्गको दुवै मुहान, सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन (तस्बिरहरु/भिडिओ)

रुपन्देही । सिद्वबाबा सुरूङमार्गको माथिल्लो रिप पहिरोले पुरिँदा शनिवार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

उक्त राजमार्गको तानसेन बुटवल सडकखण्डको तिनाउ गाउँपालिका ३ दोभानस्थित हेडबक्स नजिकै खसेको पहिरो पन्छाएपछि एकतर्फी रूपमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिल्लो प्रारम्भिक बिन्दु माथिबाट पहिरो खसेको थियो ।

रातिदेखि नै ढुंगासहितको पहिरोले अवरुद्ध भएको सडक एकतर्फी रूपमा खुलाएर सवारी आवागमन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

हाललाई रोकिएका सवारी पास गरेर दुईतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । पुनः पानी नपरेमा दिउँसोसम्म पूर्णरूपमा सवारी सञ्चालन हुने प्रहरीले जनाएको छ ।

उक्त स्थानमा केही दिनअघि पनि पहिरो खसेर सवारी आवागमन रोकिएको थियो ।

यस्तै पहिरोका कारण सिद्वबाबा सुरुङमार्गको दुवैतर्फको प्रारम्भिक बिन्दुका भागहरु पूर्णरुपमा भत्काएको छ । सुरूङको दुवैतर्फको प्रारम्भिक विन्दुमाथिबाटै ठूलो पहाड खसेर पुरेपछि यसको स्थायित्वमाथि प्रश्न उठेको छ ।

वर्षा लागेसँगै काम सुरू गरेको ठेकेदार कम्पनीले ठूलो मेशिन चलाउँदा पहाड थर्केर माथिसम्म चर्किएकाले सामान्य पानी पर्दापनि पहिरोको जोखिम बढेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *