इसाई च्यारिटी संस्थामा काम गर्ने अमेरिकी नर्स हाइटीमा अपहरण – Nepal Press

इसाई च्यारिटी संस्थामा काम गर्ने अमेरिकी नर्स हाइटीमा अपहरण

काठमाडौं । हाइटीबाट एक अमेरिकी नर्स र उनकी सन्तान अपहरण परेका छन् । नर्सको सन्तानको उमेर र लिङ्ग खुलाइएको छैन्।

बीबीसीका अनुसार एलिक्स दोर्साइन्भिल नामकी नर्स हाइटीको इसाई संस्थामा काम गर्थिन । अमेरिकी स्टेट डिपार्टमेन्टलाई घटनाको जानकारी भएको र हाइटीका अधिकारीसँग कुरा भइरहेको बीबीसीले गरेको छ ।

एल रोइ हाइटी नामक इसाई संस्थाकी नर्सको सन्तान सहित अपहरण गर्नेको भने पुरा जानकारी आइसकेको छैन ।

अमेरिकी महादेशको सबैभन्दा विपन्न देश हाइटी को राजधानी पोर्ट औ प्रीन्सको ८० प्रतिशत हिस्सा ग्याङहरूको कब्जा भित्र भएको बिबिसीले गरेको छ सन २०२१ मा तत्कालीन राष्ट्रपति जुभेनेल मोइसको हत्यापछि हाइटी थप अशान्त र असुरक्षित भएको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर