बंगलादेशको राजधानी ढाकामा चारवटा विस्फोट – Nepal Press

बंगलादेशको राजधानी ढाकामा चारवटा विस्फोट

ढाका । बंगलादेशमा भयानक विस्फोट भएको छ । राजधानी ढाकाको अमीनाबजार र सावरमा चारवटा विस्फोट भएका हुन । ढाका प्रहरीले छ स्थानमा बमहरू बरामद गरेको छ ।

ढाका सञ्चारमाध्यमका अनुसार शनिवार दिउँसो करिब २ बजे अमिना बजारमा रहेको फिलिंग स्टेसनको अगाडि विस्फोट भएको थियो, जसले घटनास्थलमा हलचल मच्चाएको थियो । खबर पाए लगत्तै प्रहरी टोली पनि घटनास्थलमा पुगेको थियो ।

अधिकारीहरूले घटनास्थलमा ६ वटा घरेलु बम भएको कागजको झोला फेला पारेका छन् । घटनास्थलमा उपस्थित सैफुल इस्लामले दिउँसो पेट्रोल पम्प अगाडि रहेको तीन तले भवन नजिकै एउटा भ्यान आएको बताए ।

ढाका मिडियाका अनुसार पेट्रोल स्टेशनका प्रबन्धक नुरुल अमिनले विस्फोटको समयमा त्यहाँ कोही नभएको बताए। जसका कारण ठूलो दुर्घटना भने हुन सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर