राष्ट्र बैंकले भन्यो- लघुवित्तले तोकेभन्दा बढी ब्याज लिए, सम्पत्ति लिलामी गरे हामीलाई भन्नुस् – Nepal Press

राष्ट्र बैंकले भन्यो- लघुवित्तले तोकेभन्दा बढी ब्याज लिए, सम्पत्ति लिलामी गरे हामीलाई भन्नुस्

काठमाडौं । लघुवित्तहरूले ऋणीबाट बढी ब्याज असुलेको र गैरकानूनी ढंगबाट सम्पत्ति लिलाम गरेको गुनासो आउन थालेपछि नेपाल राष्ट्र बैंकले त्यस्ता गतिविधि विरुद्ध जानकारी गराउन ऋणीहरूलाई भनेको छ ।

केन्द्रीय बैंकले ऋणीबाट बढी ब्याज असुले जानकारी गराउन आग्रह गरेको हो ।

लघुवित्तहरूले नेपाल राष्ट्र बैंकले ताकेको निर्देशन पालना नगरे, बढी ब्याज वा शुल्क लिए जानकारी गराउन ऋणीहरूलाई आग्रह गरेको हो ।

यस्तै गैरकानूनी ढंगबाट सम्पत्ति लिलामी गरे तथा उद्यम व्यवसायमा असहयोग गरे भने पनि केन्द्रीय बैंकलाई सो बारे जानकारी दिन सकिनेछ ।

यसकै लागि गुनासो सुनुवाइ गर्न केन्द्रीय बैंकले अलग्गै डेस्क खडा गरिसकेको छ ।

त्यस्ता समस्याको समाधान गर्न पहल गर्ने केन्द्रीय बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर