इन्डोनेसियामा १८ लाख रुपैयाँ खर्च गरेर कुकुरको विवाह ! – Nepal Press

इन्डोनेसियामा १८ लाख रुपैयाँ खर्च गरेर कुकुरको विवाह !

जाकर्ता । इन्डोनेसियामा दुई महिलाले आफ्नो कुकुरहरूको निकै भव्य ढंगले विवाह गरिदिएका छन् । सो घटनाको व्यापक आलोचना भए पछि दुवैले माफीसमेत माग्न बाध्य भएको समाचार बाहिर आएको छ ।

इन्डोनेसियाको राजधानी जकार्ताको एउटा मल अलास्का मालामुट दुई कुकुरहरूको विवाह गराइएको थियो ।

दुई कुकुरको परम्परागत जाभानीज पहिरन लगाएका आफ्ना मालिक र आफन्तहरूको उपस्थितिमा सो विवाह भएको थियो। कुकुरको विवाहमा करिब १८ लाख रुपैयाँ खर्च भएको थियो ।

ती कुकुरको बिहेको खबरले सामाजिक सञ्जालमा हंगामा मच्चायो, जाभानीज संस्कृति अनुसार कुकुरसँग विवाह गरेकोमा सामाजिक सञ्जालमा मानिसहरू आक्रोशित भएका थिए।

त्यसपछि मालिकले अगाडि आएर माफी मागेको थियो । लुना कुकुरकी मालिक्नी इन्दिरा रत्न सारीले बुधवार इन्डोनेसियाली जनतासँग माफी मागेकी छिन् ।

संसारको चौथो सबैभन्दा धेरै जनसंख्या भएको देशमा धनको दिखावटी प्रदर्शनलाई तिरस्कार गरिएको छ।

विश्व बैंकले इन्डोनेसियाका २७ करोड मानिसमध्ये एक दशांश अझै गरिबीको रेखामुनि रहेको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर