एमालेको प्रष्टीकरण- सदस्य घटेको हल्ला निराधार, आगामी महाधिवेशनसम्म १० लाख कट्ने लक्ष्य – Nepal Press

एमालेको प्रष्टीकरण- सदस्य घटेको हल्ला निराधार, आगामी महाधिवेशनसम्म १० लाख कट्ने लक्ष्य

काठमाडौं । नेकपा एमाले पार्टी सदस्यता नवीकरण नगर्नेको संख्या घटेको भन्ने बजार हल्लामा कुनै सत्यता नभएको प्रष्टीकरण दिएको छ । एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले एक विज्ञप्ति जारी गर्दै सदस्यहरूको नवीकरण कार्य केन्द्रीय कमिटीले तोकेको अन्तिम मिति असार मसान्तभित्रै सम्पन्न भइसकेको बताएका छन् ।

उनले भनेका छन्, ‘सदस्यहरूको विवरण र तोकिएको शुल्क तथा लेबी प्रदेश हुँदै केन्द्रमा आउने क्रम आरम्भ भइसकेको छ । साउन पहिलो हप्ताभित्र सबै रिपोर्ट केन्द्रमा आइपुग्ने छ र दोस्रो हप्ताभित्र केन्द्रीय संगठन विभागले प्रमाणीकरण गरेर सम्बन्धित प्रदेशहरूमा पठाउने छ । स्मरणीय छ, यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरूको सदस्यता नवीकरण गरिन्थ्यो । त्यसो गर्दा निस्क्रिय सदस्यहरूले पनि नवीकरण गर्ने अवसर पाउँथे । नेतृत्वका आकाङ्क्षीहरूबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरूको शुल्क तिरिने, दबाब दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरूका कारण अंक नेपाल कम्युनिष्ट पार्टी (एमाले) अनुचित ढङ्गले पनि सङ्ख्या बढ्न पुग्थ्यो । नेकपा (एमाले)को इतिहासमा यसपटक त्यसमा क्रमभङ्ग गरिएको छ ।’

महाधिवेशनको आयोजना नभएको समयमा सक्रिय सदस्यहरूको यथार्थ सङख्या लिन खोजेको उल्लेख गर्दै योग्यतम् सदस्यहरूको मात्र नवीकरण गर्ने काम भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘दशौं महाधिवेशनका बेला रहेको त्रुटीलाई पनि सच्याउन खोजिएको छ । त्यतिबेला कायम भएका सदस्यहरूमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यहरूको नाम यथावत् कायम थियो भने अर्कोतिर नेकपा कालमा अनुचित ढङ्गले दिइएका सदस्यहरूको ठूलो सङ्ख्या पनि त्यसमा पर्न गएको थियो ।तसर्थ, त्यो नेकपा (एमाले)को वास्तविक सदस्य सङ्ख्या थिएन । यो कुरा नवौं महाधिवेशनको आँकडा हेर्दा पनि स्पष्ट हुन्छ । २०७१ सालमा सम्पन्न भएको नवौं महाधिवेशनमा २ लाख ५६ हजार ७७२ जना मात्रै पार्टी सदस्य थिए । तसर्थ नेकपा । एमाले)का सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर