रौतहटमा घरभित्रै एक युवकको विभत्स हत्या – Nepal Press

रौतहटमा घरभित्रै एक युवकको विभत्स हत्या

जनकपुरधाम । रौतहटको देवाही गोनाही नगरपालिका-६ कर्कच कर्मैयामा एक पुरुषको विभत्स तरिकाले हत्या गरेको अवस्थामा शव भेटिएको छ ।

स्थानीय ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार साहको घरमै हत्या भएको हो । हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर