भारतीय टेलिभिजनमा एआईबाट समाचार वाचन – Nepal Press

भारतीय टेलिभिजनमा एआईबाट समाचार वाचन

काठमाडौं । भारतको एक टेलिभिजनले आर्टिफिसिसल इन्टेलिजेन्स (एआई)बाट समाचार वाचन सुरु गरेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले भारतको ओडिसा टेलिभिजनले यस्तो सुरुवात गरेको हो । ओडिसा टेलिभिजन आर्टिफिसियल इन्टेलिजेन्सबाट समाचार वाचन गर्ने दक्षिण एसियाको पहिलो टेलिभिजन भएको छ ।

समाचार वाचन गर्ने एआईको नाम लिसा राखिएको भारतको अखबार इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

आर्टिफिसियलल इन्टेलिजेन्स भनेको मानवविहीन कम्प्युटरमा कार्यक्रमबाट चल्ने कृत्रिम प्राज्ञ हो । यसको पहिलो प्रयोग भारतको टाइम्स अफ इन्डिया ग्रुपले गत मार्च महिनामा सुरु गरेको थियो । टाइम्स अफ इन्डिया ग्रुपले ल्याएको एआई समाचार वाचीकाको नाम सोना राखिएको थियो ।

सोना बहु भाषामा पोख्न भएपनि लिशा भने अंग्रेजीमा मात्रै पारंगत भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर