लिथुआनियामा नेटो समिट हुँदै गर्दा उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण – Nepal Press

लिथुआनियामा नेटो समिट हुँदै गर्दा उत्तर कोरियाद्वारा लामो दूरीको मिसाइल परीक्षण

काठमाडौं । हिजोबाट सुरु भएको दुई दिने नेटो सम्मेलनकै दौरानमा उत्तर कोरियाले लामो दूरीको मिसाइल परीक्षण गरेको छ ।

लिथुआनियाको राजधानीमा भएको अमेरिकी तथा युरोपेली ३१ देशहरूको सैन्य संगठन नेटोको बैठक बसिरहँदा परीक्षण भएको हो ।

परीक्षणबारेमा उत्तर कोरियाले कुनै सार्वजनिक प्रस्टीकरण दिएको छैन । तर, दक्षिण कोरिया र जापानले भने परीक्षणका पुष्टि गरेका छन् ।

जर्मनीको विश्व च्यानल डिडब्लुका अनुसार दक्षिण कोरियामा सेनापतिले जापान सागरमा उत्तर कोरियाले मिसाइल हानेको बताएका छन् ।

यस्तै जापानको तर्फबाट जापानी कोस्ट गार्डले कोरियाली प्रायद्विप भन्दा ५५० किलोमिटर पूर्वतर्फ स्थानीय समय अनुसार बिहान ११ः१३ मा मिसाइल हानिएको बताएको छ ।

मिसाइलले ६ हजार किलोमिटरको उचाइबाट एक हजार किलोमिटरको दूरी पार गरेर ७५ मिनेट उडेको बताइएको छ ।

पछिल्लो समयमा अमेरिकाले उत्तर कोरियाली सीमा क्षेत्रमा हवाइगस्त बढाएकोमा उत्तर कोरिया असन्तुष्ट भएको थियो ।

त्यसैको प्रतिक्रियामा उत्तर कोरियाले अमेरिकी नेतृत्वको नेटो सम्मेलन हुँदै गर्दा मिसाइल परीक्षण गरेको धेरैले अनुमान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर