बासी भात खान दिएको निहुँमा सौतेनी आमाको हत्या ! – Nepal Press

बासी भात खान दिएको निहुँमा सौतेनी आमाको हत्या !

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका- ४ का अशोक जयसवालको घरमा डेरा गरी बस्दै आएका एक किशोरले बासी भात खान दिएकै निहुँमा सौतेनी आमाको हत्या गरेको खुलेको छ ।

भारतको बेतिया नरकटियागञ्ज थाना केयुनियाका राजु भगतकी श्रीमती ३९ वर्षीया मीरादेवी भगत शनिबार डेरामा मृत फेला परेकी थिइन् । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय ढल्केवरले मृतक मीराका छोरा १९ वर्षीय प्रेमकुमार भगतलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा प्रेमकुमारले नै आमाको हत्या गरेको खुलेपछि कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बासी भात खान नमानेपछि बुवालाई गालीगलोज गर्दा आवेगमा आएर धक्का दिँदा आमा भुईंमा लडेको र त्यसपछि चिर्पटले पिठ्युमा हान्दा टाउकोमा लागेपछि मृत्यु भएको प्रेमकुमारले प्रहरीमा बयान दिएका छन् ।

प्रहरीका अनुसार मृतक आमाको शरीरमा कपडा र जुटको बोरा राखेर प्रेमकुमारले आगोसमेत लगाएका थिए । घटना लुकाउन मृत्युपछि आमालाई जलाउन खोजेको प्रेमकुमारले स्वीकारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर