गण्डकी सभामा पनि एमाले र राप्रपाका सांसदले मागे प्रधानमन्त्रीको राजीनामा (भिडिओ) – Nepal Press

गण्डकी सभामा पनि एमाले र राप्रपाका सांसदले मागे प्रधानमन्त्रीको राजीनामा (भिडिओ)

पोखरा । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गर्दै गण्डकी प्रदेशसभा अवरुद्ध गरेको छ ।

बिहीबारको बैठक सुरू भएलगत्तै एमाले र राप्रपाका सांसद उठेर विरोध गरेका हुन् ।

एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म प्रदेश सभा चल्न नदिने बताए ।

प्रदेशसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । यसअघि बिहान ११ बजे बस्ने बैठक १ बजेका लागि सारिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर