अमेरिकाले ५० वर्षमा घटाउन नसकेको अफिम तालिवानले एकै वर्षमा घटायोः बेलायती अखबार – Nepal Press

अमेरिकाले ५० वर्षमा घटाउन नसकेको अफिम तालिवानले एकै वर्षमा घटायोः बेलायती अखबार

काठमाडौं । अमेरिकाले पछिल्लो ५० वर्षमा लागुऔषध बिरुद्धको युद्धको नाममा घटाउन नसकेको अफिम खेती तालिवानले एकै वर्षमा घटाएको बेलायती अखबार टेलिग्राफले उल्लेख गरेको छ ।

अमेरिकाले अफगानिस्तानमा बीस वर्ष बस्दा अफिम खेती घटाउन नसेकेकोमा एकै वर्षमा तालिवानले ८० प्रतिशत अफिम खेती घटाएको टेलिग्राफले उल्लेख गरेको छ ।

सन् २०२२ अप्रिलबाट तालिवानले राष्ट्रव्यापी अफिम खेती प्रतिबन्ध गरेर उक्त सफलता पाएको टेलिग्राफले उल्लेख गरेको छ ।अफगानिस्तानले विश्वको अफिम प्रयोगको ८० प्रतिशत हिस्सा ओगट्ने भएकोले तालिवानको अफिम प्रतिबन्धले धेरै महत्व राख्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले सन १९७१ मा जारी गरेको वार अन ड्रग सुरु भएको आधा शताब्दीमा अमेरिकाले रोक्न नसकेको अफिम तालिवानले रोकेको टेलिग्राफले उल्लेख गरेको छ । तीन लाख २० हजार एकरमा हुने अफिम खेती घटेर अहिले २५ हजार एकरमा खुम्चिएको टेलिग्राफले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर